नासु शर्माकाे बिदाई

कोहलपुर – कोहलपुर नगरपालिकाका नायब सुब्बा (नासु) दामोदर शर्मालाई बिदाई गरिएको छ ।

कोहलपुर नगरपालिकाले आज एक कार्यक्रमका बीच  सेवा निवृत्त हुनु लाग्नु भएका नासु शर्मालाई बिदाई गरेको हो । उहाँ पर्सि सेवा निवृत्त हुने भएपनि भोली शनिबार र पर्सि प्रजातन्त्र दिवस सार्वजनिक बिदा परेकाले उहाँको आजै बिदाई गरिएको नगरपालिकाले जनाएको छ ।

नगर प्रमुख पूर्ण प्रसाद आचार्य, नगर उपप्रमुख संगिता सुवेदी र प्रशासकीय अधिकृत टिकाराम ढकालले मायाको चिनो प्रदान गर्दै शर्माको बिदाई गर्नुभएको हो। त्यसक्रममा नगर प्रमुख आचार्यले सेवा निवृत्त हुनुभएका शर्माको बाँकी जीवन सहज, सरल र उर्जाशिल बनोस् भन्ने कामना गर्नुभयो ।

लामो समय राष्ट्रसेवक कर्मचारीका रुपमा शर्माले नागरिकलाई सेवा प्रदान गरेको स्मरण गर्दै बाँकी जीवन फलदायी बनोस् भन्ने शुभकामना दिनुभयो । शर्मा कोहलपुर निवासी नै भएकाले कोहलपुरलाई समृद्ध बनाउने सवालमा उहाँको थप सुझाव नगरपालिकाका लागि महत्त्वपूर्ण र आवश्यक हुने नगर प्रमुख आचार्यको भनाइ छ ।

नगर उपप्रमुख सुवेदीले शर्माले नगरपालिकामा हुँदा इमानदार र लगनशील भएर सेवा दिएको भन्दै सेवा निवृत्त भएसँगै अबका बाँकी दिनहरु सुखमय बनोस् भन्ने कामना गर्नुभयो ।

प्रमुख प्रशासकीय अधिकृत ढकालले शर्माले लामो समयसम्म  रास्ट्रसेवकको रुपमा जनताको सेवामा आफ्नो समय खर्चिएको भन्दै नगरपालिकामा हुँदा उहाँको इमानदारिता तथा उर्जालाई सबैले मनन गर्नु पर्ने बताउनुभयो ।

बिदाई कार्यक्रममा शर्माले  आफुले आफ्नो जागिरको दौडान इमानदार र लगनशील बनेर जनताको सेवा प्रबाह गरेको बताउनुभयो ।  शर्माले मुखिया पदबाट सरकारी जागीरे सेवा सुरु गर्नुभएको थियो ।


error: यो सुविधा उपलब्ध छैन !