बिना विभागीय मन्त्री केसीद्वारा राजीनामा

नेपालगञ्ज – लुम्बिनी प्रदेशका बिना विभागीय मन्त्री कृष्णा केसी नमूनाले मन्त्री पदबाट राजीनामा दिएकी छन् ।

लामो समयसम्म बिना विभागीय मन्त्री रहेकी केसीले शनिबार विहान राजीनामा दिएको उनीनिकट स्रोतले जानकारी दिएको छ ।

विना विभागीय मन्त्री केसीले आफूले मागेको मन्त्रालय नपाउने भएपछि राजीनामा दिएको बुझिएको छ । लुम्बिनीमा माओवादीलाई अर्थ, भौतिक पूर्वाधार र आन्तरिक मामिला मन्त्रालय परेको छ । पार्टीले केसीलाई आन्तरिम मामिला दिन थालेको र केसीले विकासे मन्त्रालय मागेकाले नपाएपछि राजीनामा दिएको स्रोतले बताएको छ ।

केसी बाँके क्षेत्र नं. १ प्रदेश १ बाट निर्वाचित सांसद हुन् ।


error: यो सुविधा उपलब्ध छैन !