सप्ताहव्यापी महायज्ञ हुने

नेपालगञ्ज – बाँकेको खजुरालाई धार्मिक पर्यटकिय स्थलकारुपमा विकास गर्न सप्ताह व्यापी रुपमा महायज्ञ हुने भएको छ । खजुरा बजारमा रहेको लक्ष्मी नारायण मन्दिरमा यही फागुनको अन्तिम सातादेखि सप्ताह व्यापी रुपमा महायज्ञ संचालन हुने भएको हो ।

बुधवार खजुरामा पत्रकार सम्मेलन गरि मन्दिरको व्यवस्थापन समितिले आयोजना गर्न लागेको महायज्ञ साता व्यापी चल्ने जानकारी दिइएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै महायज्ञ मूल समितिका संयोजक शिवराज श्रेष्ठले खजुराको ऐतिहासिक धार्मिक इतिहासलाई उजागर गर्न र खजुरालाई धार्मिक पर्यटकहरुको हव बनाउन महायज्ञ गर्न थालिएको बताए । महायज्ञबाट आर्जन हुने आयबाट खजुरामा भ्यू टावर सहितको महालक्ष्मीको मूर्ति स्थापना गरि खजुरालाई धार्मिक पर्यटकिय स्थल बनाउने उद्देश्य रहेको संयोजक श्रेष्ठले बताए ।

लक्ष्मी नारायण मन्दिर सहित खजुरा क्षेत्रमा रहेक धार्मिक पर्यटकिय स्थलको एकिकृत प्रचार गरि खजुरा क्षेत्रलाई धार्मिक धामकारुपमा विकास गर्ने गरि तयारी थालिएको उनले बताए ।

बर्दियाको केदारेश्वर धाम, दाङको शिव लिङ्ग, बाँकेको सन्तानेश्वर जस्ता पर्यटकिय क्षेत्रलाई छोटो समयमा चर्चामा ल्याउन सफल भएको उल्लेख गर्दै खजुरालाई पनि चिनाउन यस क्षेत्र कै पर्यटकिय नगरी बनाउन पहल थालिएको श्रेष्ठले बताए ।

भ्यू टावरबाट खजुरा क्षेत्रको रमणिय दृश्य हेर्न सकिने तथा टाढैबाट लक्ष्मी नारायणको मूर्ति देखिन सक्ने गरि ठुलो आकारको मूर्ति स्थापना गरिने लक्ष्यका साथ महायज्ञ गर्न लागिएको आयोजकले जनाएको छ ।

पत्रकार सम्मेलनमा सञ्चारकर्मी शरण कर्माचार्यले खजुरा आर्थिक, समाजिक, राजनीतिक र सांस्कृतिकरुपमा समृद्ध रहेको बताए । उनले १०० वर्ष भन्दा पुरानो मैटहवा, सन्तकुटी, हनुमान ताल जस्ता धार्मिक स्थलहरु भएको खजुरालाई धार्मिक पर्यटनको हव बनाउने थुप्रै सम्भावनाहरु रहेको बताए ।

खजुरामा रहेको लक्ष्मिनारायण मन्दिरमा गरिएको हरेक संकल्प पुरा भएको दाबी गर्दै उनले क्यान्सर अस्पताल, ज्ञानोदय नमुना मावि, खानेपानी जस्ता योजनाहरु मन्दिर परिषरमै गरिएका संकल्प भएको जानकारी दिए ।

महायज्ञ संचालन गर्न आयोजक कमिटिले विभिन्न खाले उप समिति गठन गर्ने क्रममा आजै युवा पत्रकार पत्रकार खगेन्द्र दाहालको संयोजत्वमा प्रचारप्रसार समिति गठन गरिएको छ ।


error: यो सुविधा उपलब्ध छैन !