डुडुवाका आठ जनामा दादुरा संक्रमण

नेपालगञ्ज – बाँकेको डुडुवा गाउँपालिकाका आठ जना बालबालिकामा दादुरा संक्रमण देखिएको छ । पालिकाको वडा नं. १ मा दादुरा संक्रमण देखिएको हो । योसँगै जिल्लाका पाँच वटा पालिकामा दादुरा संक्रमण देखा परेको छ ।

डुडुवामा दादुरा संक्रमण देखा परेपछि शनिबारदेखि त्यहाँ खोप अभियान सञ्चालन गरिएको छ । वडा नं. १ को तीन वटा खोप केन्द्रमा अभियान सञ्चालन गरिएको छ ।

बाँकेमा अहिलेसम्म नेपालगञ्ज उपमहानगरपालिकामा दुई सय जना, खजुरामा १८ जना, कोहलपुर नगरपालिकामा तीन जना, नरैनापुर गाउँपालिकामा १५ जना र डुडुवा गाउँपालिकामा आठ जना संक्रमित फेला परेका छन् ।

स्वास्थ्य कार्यालय, नेपालगञ्जका खोप सुपरभाइजर नरेश श्रेष्ठका अनुसार, पाँच वटा पालिकाको २६ वटा वडा प्रभावित छन् । त्यसमध्ये १३ वटा वडाका २० वटा खोप केन्द्रमा शनिबार खोप लगाइदैछ ।


error: यो सुविधा उपलब्ध छैन !