चिसो बढेपछि डुडुवाका शैक्षिक संस्था बन्द
डुडुवा – चिसो बढेपछि बाँके डुुडुवा गाउँपालिकाका सम्पूर्ण शैक्षिक संस्थाहरु बन्द गरिएको छ ।
केही दिनदेखि बढेको अत्याधिक चिसोका कारण विद्यार्थीको स्वास्थ्यमा समस्या आउन सक्ने र विद्यालयमा पठनपाठन प्रक्रियामा असहज वातावरण हुने भएपछि आइतबार पुस २४ गतेदेखि पुस २९ गतेसम्म शैक्षिक संस्था बन्द गरिएको हो ।
गाउँपालिका अन्तर्गतका सम्पूर्ण सामुदायिक विद्यालय, मदरसा, गुरुकुल र बालविकास तथा संस्थागत विद्यालयहरु ६ दिनका लागि बन्द गरिएको गाउँपालिका शिक्षा शाखा प्रमुख सञ्जयकुमार कर्णले बताउनुभयो । शाखा प्रमुख कर्णले एक सूचना जारी गरि शैक्षिक संस्था बन्द गर्ने निर्णय भएको जानकारी दिनु भएको छ ।
यसविचमा सामुदायिक विद्यालयहरुमा संचालित परीक्षाहरु मध्ये बाँकी रहेका विषयहरुको परीक्षा विद्यालय खुलेपछि पूर्ववत अनुसार सञ्चालन हुने समेत सूचनामा उल्लेख गरिएको छ ।