युनाइटेड चौथो प्याब्सन भलिबल कप प्रतियोगिता शुरु

नेपालगञ्ज – निजी विद्यालयको छाता संगठन प्याब्सन नेपालगञ्जको आयोजनामा ‘युनाइटेड चौथो प्याब्सन भलिबल कप प्रतियोगिता’ शुरु भएको छ ।

प्रतियोगितामा नेपालगञ्जका १८ वटा निजी विद्यालयले भाग लिएका छन् । नगरमा ५६ वटा स्कूल छन् ।

मुक्तिपुरमा रहेको युनाइटेड एजुकेशनल एकेडेमीले मुख्य प्रायोजन गरेको प्रतियोगिताको छात्र तथा छात्रा दुवैतर्फका विजेताले ७ हजार, द्वितियले ५ हजार र तृतियलाई ३ हजार र ट्रफी पुरस्कार राखिएको प्याब्सन नेपालगञ्ज नगर अध्यक्ष एवं युनाइटेड स्कूलका प्रिन्सिपल विकास बज्राचार्यले जानकारी दिनुभयो ।

छात्र र छात्रासँगै शिक्षकको पनि प्रतियोगिता राखिएको छ । शिक्षकको प्रतियोगितामा दश वटा स्कूलले भाग लिएका छन् । शिक्षकतर्फ प्रथम हुनेलाई १५ हजार, द्वितियलाई १० हजार र तृतियलाई ५ हजार पुरस्कार राखिएको छ ।

प्रतियोगिताको उद्घाटन लुम्बिनी प्रदेशका मन्त्री एवं ओलम्पियन सुरेन्द्र हमालले उद्घाटन गर्नु भएको थियो । प्रतियोगिता तीन दिनसम्म चल्नेछ ।


error: यो सुविधा उपलब्ध छैन !