स्वतन्त्र उम्मेदवार खनालको १५ बुँदे प्रतिबद्धता

नेपालगञ्ज – बाँके क्षेत्र नं. २ का स्वतन्त्र उम्मेदवार दिवाकर शर्मा खनालले १५ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् ।

प्रदेश उम्मेदवार राजकुमार रौनियारसँगै पत्रकार सम्मेलनमा उपस्थित भएका खनालले हिन्दु राष्ट्र स्थापनालाई प्रमुख मुद्दा बनाएका छन् ।

खनालले हिन्दु राष्ट्र स्थापनाको लागि सदन तथा सडक दुवै ठाउँबाट आन्दोलन खडा गर्ने, ठाउँठाउँमा गुरुकूल शिक्षा पद्धति अनुसार पाठशाला सञ्चालन गर्ने, भ्रष्टाचार विरोधको अभियान सञ्चालन गर्ने, कृषकलाई समयमा मल खाद्य, बिउ र सिंचाईको लागि पहल गर्ने, गौ संरक्षणको लागि स्थानीयसँग सहकार्य गरी कम्दीस्थित खजुरामाता मन्दिर क्षेत्र वरिपरिको ५ किलोमिटर जंगलमा तारबार गरेर गौशाला व्यवस्थापन गर्ने, होलिया चौफेरी, रामनगरलगायत डुडुवाको विकट गाउँहरुमा बाटोघाटो निर्माणमा प्राथमिता दिइने, मोटरसाइकल र चार पांग्रे सवारी साधनको कर एक पटकमात्र लिने व्यवस्थाका लागि आवाज उठाउने, स्थानीय मठ मन्दिर, गुम्वाको संरक्षण प्रवद्र्धन तथा व्यवस्थापनमा जोड दिने, धार्मिक पर्यटनलाई बढावा दिन बागेश्वरी मन्दिर क्षेत्रलाई धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्ने, राज्यबाट प्राप्त तलव भत्ता गरीव हिन्दु परिवारका सदस्यलाई तिर्थाटनको व्यवस्था गर्ने प्रतिबद्धता गरेका छन् ।

युवाका स्वास्थ्य र मानसिक विकासका लागि जिम र खेलकुदलाई जोड दिने, हिन्दु धर्मको नाममा हुँदै आएका संस्कार विरोधी गतिविधिलाई नियन्त्रण गर्दै धर्म राष्ट्रको निर्माणका लागि अभियान सञ्चालन गर्ने, नेपालगञ्जमा हुने डुवानको दीर्घकालिन समस्यालाई समाधान गर्न ठोस कार्ययोजनाका लागि पहल गर्ने, प्रदेशमा रहेका केही मन्त्रालयहरु न्ेपालगञ्जमा राख्न पहल गर्ने, पर्यटनलाई अभिबृद्धि गर्न राँझा विमानस्थललाई क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा स्तरोन्नतिका लागि पहल गर्ने, नेपालगञ्जको बहुप्रतिक्षित रिंग रोडको निर्माणमा पहल गर्ने खनालको प्रतिबद्धता रहेको छ ।

अर्ना चुनाव चिन्ह पाएका खनालले हिन्दु राष्ट्र र जनताले आवश्यक ठानेमा राजसंस्था पुनस्र्थापनाको मुद्दालाई जोडतोडले उठाएका छन् ।
यसैबीच, बिहीबार शिव सेनाले नेपालगञ्जमा दिवाकर खनालको पक्षमा र्याली निकालेको छ ।


error: यो सुविधा उपलब्ध छैन !