कोहलपुरमा एमाले र राप्रपाको संयुक्त घरदैलो
कोहलपुर – नेकपा एमाले र राप्रपाले कोहलपुरमा संयुक्त रुपमा घरदैलो अभियान शुरु गरेका छन् ।
अभियानको पहिलो दिन बिहीबार कोहलपुर नगरपालिका वडा नं. ११ र १२ मा घरदैलो गरिएको छ । बाँके निर्वाचन क्षेत्र नं. १ मा नेकपा एमालेका तर्फबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार सूर्य ढकाल र प्रदेश सभा (ख) दुर्गाप्रसाद चौधरीले नगरका बिभिन्न टोल र बसपार्क क्षेत्रमा घरदैलो अभियान शुरु गरेका हुन् ।
घरदैलोका क्रममा उम्मेदवार ढकालले बाँके क्षेत्र नं. १ लाई राष्ट्रिय राजनीतिसँग जोडेर विकास गर्ने युवा जोस जाँगरका साथ आफुले उम्मेदवारी दिएको उल्लेख गर्दै यसपटक नयाँ अनुहारलाई मतदान गर्न आग्रह गर्नुभयो ।
प्रदेश सभा (ख) का उम्मेदवार दुर्गाप्रसाद थारुले कोहलपुरको समग्र बिकास र समृद्धिका लागि सूर्यमा मतदान गरि आफुहरुलाई जिताउन आग्रह गर्नुभयो । उहाँले समृद्ध गाउँ र विकसित शहर निर्माण आफ्नो सपना रहेको हुँदा त्यो सपना आफ्नो मात्र नभैइ समग्र कोहलपुरवासीको हुनुपर्ने बताउदै स्थानीय जनताको भावना अनुसार बिकास निर्माणको काममा लागिपर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।