स्वतन्त्र उम्मेदवार खनाललाई भ्याई नभ्याई
नेपालगञ्ज – बाँके क्षेत्र नं. २ का स्वतन्त्र उम्मेदवार दिवाकर खनाल मतदाता भेटघाटमा दौडधुप गरिरहेका छन् ।
शिवसेना समर्थनमा स्वतन्त्र उम्मेदवारी दिएको दावी गर्ने खनालले हिन्दु समुदायलाई गोलबद्ध गर्न लागि परेको बताउदै आएका छन् ।
शुरुवाती चरणमा डुडुवा गाउँपालिकामा फोकस गरेका खनाल अहिले बजार र डुडुवा दुवैतिर गइरहेका छन् ।
जात, जाती, समुदाय, धर्मका नाममा राजनीति भएपनि त्यो मत बटुल्ने माध्यम बनेको टिप्पणी गर्दै खनालले आफूले त्यस्तो नगर्ने बताएका
छन् । नेपाललाई हिन्दु राष्ट्र बनाउनु पर्ने उद्घोष गरेर चुनावी मैदानमा आएका खनालको चुनाव चिन्ह अर्ना रहेको छ ।