बांकेमा एमाले र राप्रपाकाे समीकरण

नेपालगञ्ज – बांकेमा एमाले र राप्रपाका बीचमा चुनावी सम्झाैता भएकाे छ ।

सहमति अनुसार, एमालेले प्रतिनिधि सभामा दुई र प्रदेश सभामा पांच वटा सीट लिएकाे छ । राप्रपालाई प्रतिनिधि सभा र प्रदेशमा एक एक वटा सीट दिएकाे छ ।

केन्द्रमा एमाले, जसपा र राप्रपाका बीचमा सम्झाैता भएपछि नेपालगञ्जमा जसपा कि राप्रपाले पाउँछन् भन्ने चासाे थियाे ।

नेपालगञ्ज बजार समेटिएकाे क्षेत्र नम्बर २ मा एमाले-राप्रपाबाट डा. धवल शमशेर राणा, जसपाबाट मन्त्री माे. ईस्तियाक राई, कांग्रेसबाट सुदिपनरसिंह राणा र स्वतन्त्रबाट दिवाकर खनालले प्रतिस्पर्धा गर्ने भएका छन् ।

क्षेत्र नम्बर १ मा एमाले-राप्रपाबाट एमालेका सूर्य ढकाल र सरकारी गठबन्धनबाट मन्त्री महेश्वर गहतराजका बीचमा प्रतिस्पर्धा हुंदैछ ।

क्षेत्र नम्बर ३ मा एमाले-राप्रपाबाट एमालेका किस्मत कक्षपति र सरकारी गठबन्धनबाट किशाेरसिंह राठाैर चुनाव लड्दैछन् ।

जिल्लामा क्षेत्रगत न‌ै निर्वाचन अधिकृतकाे कार्यालय खाेलिएकाे छ । सब‌ै ठाउंमा मनाेनयन दर्ता गरिदैछ । बांकेमा ठूलाे पानी परिरहेकाे छ ।


error: यो सुविधा उपलब्ध छैन !