गौ संरक्षण एवमं छाडा चौपाया व्यवस्थापनमा स्वतन्त्र उम्मेदवार खनालको चासो

नेपालगञ्ज – बाँके क्षेत्र नं. २ प्रतिनिधि सभा सदस्य पदका स्वतन्त्र उम्मेदवार दिवाकर शर्मा खनाल र बाँके कै क्षेत्र नं. २ (क) प्रदेश सभा सदस्य पदका उम्मेदवार राजकुमार रौनियारले गौ संरक्षण एवमं छाडा चौपाया व्यवस्थापनमा चासो देखाएका छन् ।

स्वतन्त्र उम्मेदवार खनालले डुडुवा गाँउपालिका स्थित कम्दी नजिकै रहेको खजुरा माता मन्दिर क्षेत्र वरिपरीको जंगललाई सदुपयोग गरेर त्यहाँ गौशाला निर्माण गर्ने बताउनुभयो ।

खनालले भन्नुभयो, गौ संरक्षणको लागि स्थानीयसंग सहकार्य गरी कम्दी स्थित खजुरा माता मन्दिर क्षेत्र वरिपरीको ५ किलोमिटर जंगलमा तारबार गरेर गौशाला व्यवस्थापन गर्ने मेरो प्रतिबद्धता हो । जंगल नजिकै खोला पनि छ जसका कारण पानी र घाँसमा कुनै कमि हुँदैन ।

नेपालगञ्ज शहर भित्र अत्याधिक मात्रामा रहेका छाडा चौपायाका कारण दैनिक जसो दुर्घटना हुने गरेका छन् । बिभिन्न सडक खण्डमा छाडा चौपायाहरु बाटो काट्ने क्रममा मोटरगाडीसंग ठोक्किएर घाइते हुन्छन् । प्रायः जाडोको महिनामा तुवालो लागेको बेलामा सवारी साधनमा छाडा चौपाया ठोक्किएर जनावरका साथै मानवीय क्षति हुने गरेका छन् ।

जाडो महिनामा बजार तथा राजमार्गमा राति छाडा चौपाया बसेका कारण ठाँउ ठाँउमा दुर्घटनाबाट घाइते र ज्यान गएको बिभिन्न समाचार आइरहेको हुन्छ ।

गौ संरक्षणका लागि गौशाला व्यवस्थापन गर्ने सम्बन्धमा स्वतन्त्र उम्मेदवार रौनियारले भन्नुभयो, प्रत्येक हिन्दूका लागि गाई माताको रुप हुन र आफ्नो आमाको संरक्षण गर्न सक्नुपर्छ । अझै तः हामीले हिन्दूत्वकै नारा बोकेका छौं ।

नेपालगञ्ज उपमहानगरपालिकाले विगतमा छाडा व्यवस्थापन गर्न खोजेको भए पनि दीर्घकालीन योजना नभएको तथा अपुग व्यवस्थापन कै कारण बिभिन्न कालखण्डमा विवादमा आउने गरेको छ ।

दुवै उम्मेदवारले हिन्दूत्वको एजेण्डा उठाएकै कारण गाँउ शहरबाट उनलाई भारी मात्रामा हिन्दूवादीले साथ र सहयोग गर्ने वचन दिदै आएका छन ।


error: यो सुविधा उपलब्ध छैन !