सप्ताहव्यापी सरसफाई कार्यक्रम गरिने

नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिकाले डेंगु संक्रमणविरुद्ध जनचेतना जगाउँदै सप्ताहव्यापी सरसफाई कार्यक्रम गर्ने भएको छ ।

उपमहानगरपालिकाको आयोजनामा शुक्रबार भएको डेंगु रोग रोकथाम तथा नियन्त्रणका लागि सरोकारवाला बीचको बैठकमा उपमेयर कमरुद्दिन राईले माइकिङ, पम्प्लेटिङ र सप्ताहव्यापी सरसफाई कार्यक्रम सञ्चालन गर्ने बताउनुभयो ।

डेंगुबाट बच्ने उत्तम उपाय नै लामखुट्टेबाट बच्नु पर्ने भएकाले सो बारेमा नगरवासीलाई जानकारी दिदै सबै वडामा माइकिङ, पम्प्लेटिङ र सप्ताहव्यापी सरसफाई कार्यक्रम सञ्चालन जानकारी दिनुभयो । ‘डेंगुबाट बच्ने उपाय लेखिएका पम्प्लेट घरघरमा पु¥याउँछौं, त्यो पढेर जनता सचेत हुन्छन्, उपमेयर राईले भन्नुभयो, उपमहानगरपालिकाले सबैको घरघरमा सरसफाई गर्न सक्दैन । सार्वजनिकस्थलहरुमा सरसफाई अभियान चलाउंछौं ।’

सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद शर्माको उपस्थिति रहेको कार्यक्रममा भेरी अस्पतालका मेसु डा. बद्री चापागाई, डा. राजन पाण्डे, स्वास्थ्य कार्यालयका प्रमुख सुनिता पौडेल, उपनगरपालिकाका स्वास्थ्य महाशाखाका प्रमुख रामबहादुर चन्दलगायतले जनचेतना जगाउने, घर वरिपरि सफा राख्न सक्दा डेंगुबाट बच्न सकिने बताउनुभयो ।

कार्यक्रममा डा. पाण्डे, स्वास्थ्य कार्यालयका दुर्गा गौतमले डेंगुका बारेमा जानकारी दिएका थिए । नेपालगञ्जमा चार जनामा डेंगु देखिएको
छ ।


error: यो सुविधा उपलब्ध छैन !