नरैनापुरमा विशेष प्याकेज ल्याउने मन्त्री शर्माको आश्वासन

नरैनापुर – अर्थ मन्त्री जनार्दन शर्मा बाँकेको नरैनापुर पुगेका छन् । उनलाई गाँउपालिका अध्यक्ष इस्तियाक अहमद शाहले स्वागत गरे ।

सुर्खेत जान आएका मन्त्री शर्मा बिहीबार बिहान नरैनापुरमा पुगेका थिए । नरैनापुरमा यसपाली खडेरी परेको छ । पालिकाले सुख्खा क्षेत्र घोषणा गरिसकेकाले अध्यक्ष शाहले मन्त्री शर्मासँग सहयोगको आग्रह गरे ।

अर्थ मन्त्री शर्माले नरैनापुरको अवस्थाका बारेमा आफूलाई जानकारी भए पनि सरकारबाट कुनै पहल नहुनु चिन्ताको विषय भएको बताउदै नरैनापुरको ६ वटै वडाका लागि डिप बोरिङको तत्काल व्यवस्था गर्ने प्रतिबद्धता गरे ।

मन्त्री शर्माले भारतीय सिमासंग जोडिएको नरैनापुरका नागरिकलाई शिक्षा र स्वास्थ्यमा पहुँच बढाउन केन्द्रीय सरकारबाट पहल गरिने बताउदै सुख्खा ग्रस्त क्षेत्रका लागि बिशेष व्याकेज ल्याउने आश्वासन दिए ।


error: यो सुविधा उपलब्ध छैन !