फुटसल टोलीको फुटबल म्याच

नेपालगञ्ज – नेपालगञ्जको न्यूरोडमा रहेको फुटसलका सदस्यबीचमा मैत्रीपूर्ण फुटबल प्रतियोगिता गराइएको छ ।

नियमित फुटसल खेल्नेहरुले फुटबल म्याच खेलेका हुन् । नेपालगञ्ज फुटसलका व्यवस्थापक केशव रानाका अनुसार, विहानको दुई सिफ्ट र बेलुकाको दुई सिफ्ट खेल्ने फुटसलका सदस्यका बीच मैत्रीपूर्ण फुटबल म्याच गराइएको थियो ।

विहानको दुई सिफ्टबाट १५ जना र बेलुकाको दुई सिफ्टका १५ जनालाई राखेर फुटबल म्याच खेलिएको थियो । एउटा टीमबाट १५ हजार उठाएर खेलिएको म्याचमा विहानको सिफ्ट खेल्ने टोली विजयी भएको छ ।

बेलुकाको सिफ्टमा फुटसल खेल्ने टोलीले शुरुवाती दुई गोलको अग्रता लिएपनि बचाउन सकेनन् । मध्यान्तर अघि नै विहानको टोलीले बराबरी गरेको थियो । दोस्रो हाफमा फेरि बेलुकाको टोलीले अग्रता लिएको थियो । त्यसलाई जोगाउन नसक्दा हार व्यहोर्नु प¥यो । दोस्रो हाफमा विहानको टोलीले दुई गोल गरेपछि खेल ४–३ गोलमा टुंगियो ।

फुटसलमा सदस्यता लिएर नियमित खेल्न आउनेहरु प्रायः पहिला फुटबल खेलेका छन् । ‘स्वास्थ्यका लागि फुटसल’ खेलिरहेका उनीहरुले ठूलो मैदानमा खेल्ने इच्छा गरेपछि नेपालगञ्ज फुटसलका सञ्चालकले त्यसको चाँजोपाँजो मिलाएका थिए । ‘रमाइलो लागि’का लागि खेलिएको म्याच घम्साघम्सी भएको थियो ।

राँझास्थित नेपाली सेनाको दुई नम्बर मैदानमा फुटबल खेलिएको थियो ।


error: यो सुविधा उपलब्ध छैन !