राप्तीसोनारीमा दुई दिन बिदा
नेपालगञ्ज – बाँकेको राप्तीसोनारी गाउँपालिकाले दुई दिन सार्वजनिक बिदा दिएको छ ।
भदौ १२ र १३ गते थारु समुदायले अतवारी पर्वको अवसरमा गाउँपालिकाले बिदा दिएको हो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर खत्रीले स्थानीय सार्वजनिक बिदा गरिएका पालिका कार्यालय र मातहतका सम्पूर्ण कार्यालयहरु बन्द रहने जानकारी दिनुभयो ।
राप्तीसोनारीमा थारु समुदायको बाक्लो बसोबास रहेको छ ।