मठमन्दिरका निर्वाचनस्थल हटाइने
नेपालगञ्ज – आगामी निर्वाचनमा मठमन्दिरमा निर्वाचनस्थल नहुने भएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्रबहादुर केसीका अनुसार, मठमन्दिरमा रहेको निर्वाचनस्थललाई सार्ने तयारी भएको छ । मठन्दिरबाट निर्वाचन स्थल हटाउने सम्बन्धमा सुरक्षा प्रमुखहरु, निर्वाचन अधिकृत, राजनीतिक दलसम्बद्धसँग छलफल भइसकेको छ ।
बाँकेका आठ वटा पालिकामा कति वटा मठमन्दिरमा निर्वाचनस्थल छन् भन्ने तथ्यांक निकाल्ने काम भइरहेको छ । मठमन्दिरमा रहेको निर्वाचनस्थललाई नजिकको पायक पर्ने ठाउँमा सार्ने रणनीति बनाइएको छ ।
बाँकेमा एक सय ३६ वटा निर्वाचनस्थल छन् । त्यसमा ३ सय ७९ वटा केन्द्र छन् । आगामी संघ र प्रदेशको चुनावमा यी निर्वाचनस्थल र केन्द्र थपघट हुने भएको छ । जिल्लाको एक सय ६ वटा निर्वाचन केन्द्रलाई सुरक्षाको दृष्टिकोणले संवेदनशील मानिएको छ । संवेदनशीलमा राखिएका निर्वाचन केन्द्र प्रायः दक्षिणीभेगका रहेका छन् । जो भारतीय सीमा नजिक पर्दछन् ।