असई चौलागाई निलम्बन
नेपालगञ्ज – प्रहरी सहायक निरीक्षक (असई) प्रवीण चौलागाईलाई निलम्बन गरिएको छ ।
बाँके प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले असई चौलागाईलाई निलम्बन गरिएको जानकारी दिनुभयो । चौलागाईविरुद्ध करणी उद्योगमा मुद्दा गरिएको छ ।
इलाका प्रहरी कार्यालय, कोहलपुरमा मुद्दा फाँटमा कार्यरत असई चौलागाईले बहुविवाह मुद्दामा हिरासतमा रहेकी महिलालाई राती दुई बजे आफ्नो कोठामा बोलाएर बलात्कार प्रयास गरेका थिए । ‘सोधपुछ’ गर्ने बहाना बनाएर असई चौलागाईले ती महिलालाई कोठामा बोलाएका थिए । कोठामा बोलाएपछि असई चौलागाईले बलात्कारको प्रयास गरेका थिए । त्यही समयमा गस्तीमा गएको गाडी फर्किएर आएपछि ‘पोल खुल्ने’ डरले चौलागाईले महिलालाई छोडेका थिए ।
बाँके प्रहरीले असई चौलागाईले हिरासतमा राखेर मुद्दा प्रक्रिया अघि बढाएको छ । साउन ११ गते बहुविवाह मुद्दामा प्रहरी हिरासतमा आइपुगेकी महिलालाई असई चौलागाईले गलत नियतले राती २ बजे कोठामा बोलाएका थिए । महिलालाई आधाराती असईले कोठामा बोलाएपछि हिरासतमा रहेका थुनुवाले होहल्ला गरेका थिए ।