महंगाईविरुद्ध राप्रपाले थाल ठटायो

नेपालगञ्ज – राप्रपाले महंगाईविरुद्ध थाल ठटाएर विरोध प्रदर्शन गरेको छ ।

राप्रपाको भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको संयोजनमा राप्रपाले नेपालगञ्जमा थाल ठटाएर प्रदर्शन गरेको हो ।

त्रिभुवनचोकस्थित महेन्द्र पुस्तकालय अगाडिबाट निस्केको प्रदर्शनले बजार परिक्रमा गरेको थियो । प्रदर्शनमा पार्टीका महामन्त्री डा. धवलशमशेर राणा, पूर्वमन्त्री प्रेमबहादुर भण्डारी, जिल्ला अध्यक्ष नरेन्द्र पौडेल, नेताहरु ओमप्रकाश आजाद, विपिन श्रेष्ठ, इन्दिरा शाही, नन्दलाल बैश्य, सलाउद्दिन जसगढलगायतको सहभागिता रहेको थियो ।

वीरेन्द्रचोकमा पुगेर कोण सभा गरिएको थियो । कोण सभालाई महामन्त्री डा. राणा, जिल्ला अध्यक्ष पौडेल र महिला नेतृ इन्दिरा शाहीले सम्बोधन गर्दै महंगी र भ्रष्टाचारमा लिप्त रहेकाले यो सरकार पूर्ण रुपमा असफल भएकाले श्रीलंकामा जसरी जनताले उठेर अपदस्त गर्नुपर्ने बताउनुभयो ।


error: यो सुविधा उपलब्ध छैन !