शाह बाँके खेलकुदको नेतृत्वमा

नेपालगञ्ज – जिल्ला खेलकुद विकास समिति, बाँकेको अध्यक्षमा सन्दिपजङ्ग शाह नियुक्त भएका छन् ।

नेपाल तरुण दल, बाँके नेपालगञ्ज उपमहानगरका सभापति शाहलाई प्रदेश खेलकुद परिषद लुम्विनिका सदस्य सचिव जेपी भट्टराईले नियुक्त गरेका हुन् ।

नेपाली कांग्रेसको लुम्विनि प्रदेश प्रतिनिध समेत रहेका शाह सहित उपाध्यक्षमा चेतकान्त भट्टराई, कोषाध्यक्षमा विरेन्द्र शाही, सदस्यहरुमा रञ्जीत सिंह सिजापति, मञ्जु शाह, मो. जावेद हल्वाई, रेवती सिंह, दिपक वली र चन्द्र राना चयन भएका हुन् ।

खेलकुद विकास ऐन २०७६को दफा १३ को उपदफा १ तथा प्रदेश खेलकुद नियमावली २०७८को नियम १० को उपनियम १ मा भएको ब्यवस्था प्रयोग गरि असार १९ गते प्रदेश खेलकुद परिषदको निर्णयले शाह नेतृत्वमा नयाँ कार्य समिति गठन गरेको हो ।

बाँके खेलकुदको विकास समितिको अध्यक्षमा नियुक्त भएका शाह नेपाली कांग्रेसको तर्फबाट गएको स्थानीय निर्वाचनमा नेपालगञ्ज वडा नं. १३ बाट चुनाव समेत लडेका थिए ।


error: यो सुविधा उपलब्ध छैन !