घट्दैछ राप्तीको सतह

नेपालगञ्ज – खतराको तहमा पुगेको राप्ती नदीको पानीको सतह घट्दै गएको छ ।

दाङ र प्यूठानमा परेको ठूलो पानीले दिउँसो एक बजे नदीको सतह ५.६७ मिटर पुगेको थियो । ५.४ मिटरलाई खतराको तह मान्ने गरिन्छ । अपरान्ह ४.४० बजेसम्म आइपुग्दा पानीको सतह ५.४ मिटर रहेको छ ।

पानीको सतह खतराको तहमा पुग्दा नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता रहन साइरन बजाउने गरिन्छ । कुसुममा राप्ती नदीको पानीको सतह मापन हुन्छ । राप्तीसोनारी, डुडुवा र नरैनापुर गाउँपालिकाका धेरै गाउँका बासिन्दा नदीबाट पीडित हुने गर्दछन् । नदीमा पानीको सतह बढिरहेपछि चिन्तित बनेका नदी तटीय क्षेत्रका बासिन्दा सतह घट्दै गएपछि खुशी भएका छन् ।

राप्ती नदीमा पानीको सतह खतराको तह भन्दा माथि पुगेपछि तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित रहन साइरन बजाउनुका साथै सुरक्षाकर्मीहरु तयारी अवस्थामा रहने गर्दछन् ।


error: यो सुविधा उपलब्ध छैन !