शतप्रतिशतले लगाए फाइजर खोप

नेपालगञ्ज – बाँकेमा ५ देखि ११ वर्ष उमेरका बालबालिकाले शतप्रतिशत नै फाइजर खोप लगाएका छन् ।

स्वास्थ्य कार्यालय, बाँकेका खोप सुपरभाइजर नरेश श्रेष्ठले असार ९ देखि १५ गतेसम्म सञ्चालन भएको अभियानमा शतप्रतिशत बालबालिकाले कोभिडविरुद्धको फाइजर खोप लगाएको जानकारी दिनुभयो ।

स्वास्थ्य कार्यालयले स्कूल–स्कूलमा गएर खोप लगाएको थियो । महिला स्वयंसेविकालाई परिचालन गरिएको थियो ।

बाँकेमा ७६ हजार २ सय ३९ जना लक्षित समूह रहेको बताइएपनि ७८ हजार २६ जनाले खोप लगाएका छन् । फाइजर खोपको दोस्रो मात्रा एक महिनापछि लगाउने खोप सुपरभाइजर श्रेष्ठले बताउनुभयो ।


error: यो सुविधा उपलब्ध छैन !