भेरी अस्पतालबाट पाँच जना बिचौलिया पक्राउ

नेपालगञ्ज – भेरी अस्पताल, नेपालगञ्जबाट पाँच जना बिचौलिया पक्राउ परेका छन् ।

अस्पतालमा आएका विरामीलाई आफू अनुकूलको मेडिकलबाट औषधी किन्न र परीक्षण गर्न लगाउने बिचौलियालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

बाँके प्रहरी प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेले बिरामीलाई दुःख दिएको गुनासो आएपछि पाँच जनालाई नियन्त्रणमा लिएको जानकारी दिनुभयो । भेरी अस्पताल प्रशासनले नै बिचौलियाको बिगबिगी भएको भन्दै प्रहरीलाई अप्रेसन गर्न अनुरोध गरेको बुझिएको छ । अस्पतालमा बिचौलिया र चोरको बिगबिगी रहेको छ । एकथरीले कमिसनको नाममा विरामीलाई दुःख दिने र अर्कोथरीले अस्पताल परिसरबाट मोटरसाइकललगायत चोर्ने गरेको पाइन्छ । पछिल्लो समयमा भेरी अस्पताल परिसरबाट मोटरसाइकल हराउने क्रम बढेको छ ।


error: यो सुविधा उपलब्ध छैन !