भुसभित्र १८ बोरा गाजा

नेपालगञ्ज – बाँकेको नरैनापुरमा भुस र गहुँभित्र लुकाएर राखेको १८ बोरा (१८५ किलो) गाजा बरामद भएको छ ।

विशेष सुराकका आधारमा इलाका प्रहरी कार्यालय, भगवानपुरबाट गएको प्रहरी टोलीले नरैनापुर गाउँपालिका वडा नं. ६ को चौविस विगाह र दोन्द्राका अनिता मौर्य, चिम्मन अहिर र मंते भन्ने रामदास मौर्यको घरमा छापा मार्दा गहुँ र भुसभित्र लुकाइ राखेको गाजा फेला परेको हो ।

प्रहरीले अनिता मौर्य र पारस मौर्यलाई नियन्त्रणमा लिएको छ । अरु दुई जना फरार रहेका छन् ।
बाँकेका विभिन्न नाकाबाट गाजा, अफिम, चरेश भारत सप्लाई हुने गर्दछ । नरैनापुर गाउँपालिका भारतसँग जोडिएको छ । दर्जनौ छोटी नाका छन् ।


error: यो सुविधा उपलब्ध छैन !