एक सय आठ फिट अग्गो हनुमानको मूर्ति बनाइने

नेपालगञ्ज – नेपालगञ्जमा एक सय आठ फिट अग्लो हनुमानको मूर्ति बन्ने भएको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाको ११ औं नगर सभामा मेयर प्रशान्त विष्टले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा एक सय आठ फिट अग्लो हनुमानको मूर्ति बनाउने उल्लेख गरिएको छ । मेयर विष्टले भन्नु भएको छ, ‘नेपालगञ्ज शहरको फरक पहिचान हुने गरी एक सय आठ फिट अग्लो हनुमानको मूर्ति निर्माण कार्य अगाडि बढाइने छ ।’

नेपालगञ्ज उपमहानगरपालिकाको नीति तथा कार्यक्रममा प्राचीन टाँगाको संरक्षण र सम्वद्र्धन गर्ने उल्लेख गरिएको छ । विगतमा नेपालगञ्जको यात्रुवाहक सवारी साधन टाँगा नै थियो । नयाँ–नयाँ मोडलका साना ठूला विद्युतीय यात्रुवाहक सवारी साधन आएपछि टाँगा लोप हुँदै गएको छ ।

मेयर प्रशान्त विष्टले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा बागेश्वरी मन्दिरको संरक्षण, सम्वद्र्धन, सौन्दर्यकरणसहित बागेश्वरी क्षेत्र विकास कोषको स्थापना गर्न गुरुयोजना बनाइने, नगरभित्रका तालतलैयाको संरक्षण गर्ने, नेपालगञ्जलाई क्लीन, ग्रिन र हेल्थी सिटीको रुपमा विकास गर्ने, पार्किङको व्यवस्थापन गर्ने, बजार क्षेत्रलाई फ्रि वाइफाइ जोनको रुपमा विकास गर्ने, महेन्द्र बहुमुखी क्याम्पसलाई विश्वविद्यालय बनाउन पहल गर्ने, भातृ भाषामा पठनपाठनका लागि आवश्यक पाठ्यक्रम निर्माण गरी कार्यान्वयन गर्ने, नेपालगञ्जलाई मेडिकल हबको रुपमा विकास गर्ने, दूध, तरकारी, फलफूल र मासुमा आत्मनिर्भर बनाउने, ईरिक्सा व्यवस्थापन गर्नेलगायत समेटिएको छ ।


error: यो सुविधा उपलब्ध छैन !