खजुराका जनप्रतिनिधिले लिए शपथ

नेपालगञ्ज – बाँकेको खजुरा गाउँपालिकाका नवनिर्वाचित उपाध्यक्ष मन्जु मल्ल, वडा अध्यक्ष र वडा सदस्यहरुले शपथ ग्रहण गरेका छन् ।

खजुरा गाउँपालिका अध्यक्ष डम्बर विक तुफानले नवनिर्वाचित खजुरा गाउँपालिकाका ८ वटा वडा अध्यक्ष र सदस्यहरुलाई कार्यालय परिसरमा शपथ ग्रहण गराएका थिए ।

शपथ ग्रहण कार्यक्रममा लुम्बिनी प्रदेश सांसद आइपी खरेल, खजुरा गाउँपालिका निवर्तमान उपाध्यक्ष एकमाया विक, नेपाली कांग्रेस प्रदेश सभापति राजेन्द्र आचार्य, नेपाली कांग्रेसका गाउँपालिका सभापति रमेश सिंजाली, माओवादी केन्द्रका खजुरा गाउँपालिका अध्यक्ष राजकुमार विकलगायत विभिन्न राजनीति दलहरुका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

शपथ ग्रहण कार्यक्रममा प्रदेश सांसद खरेलले गाउँपालिकाको जनप्रतिनिधि भएर निर्वाचित भइसकेपछि आम जनताको भावनालाई समेटेर काम गर्ने व्यक्तिका रुपमा आफुलाई प्रस्तुत गर्न सुझाव दिनुभयो । उहाँले भन्नुभयो, निर्वाचित सम्पूर्ण जनप्रतिनिधिलाई म सफल कार्यकालको शुभकामना दिन चाहन्छु । तपाईहरुको काँधमा जिम्मेवारीसँगै थुपै्र चुनौती पनि थपिएका छन् । खजुराको विकासका लागि तपाईहरुले सबै राजनितिक दल र जनतालाई समान रुपमा भावना समेटेर अगाडी बढनु पर्छ । विगतको नेतृत्वले गरेको गल्ती यो टिमले गर्ने छैन भन्ने विश्वास छ ।

नवनिर्वाचित अध्यक्ष तुफानले निर्वाचित सबै जनप्रतिनिधिलाई जनताको साझा नेता बनेर काम गर्न आग्रह गरेका छन् ।


error: यो सुविधा उपलब्ध छैन !