नेपालगञ्जमा गठबन्धनले निकाल्यो विजयी जुलुश

नेपालगञ्ज – नेपालगञ्जमा सत्ता साझेदार गठबन्धनले विजयी जुलुश निकालेका छन् ।

नेपालगञ्ज उपमहानगरपालिकामा गठबन्धनबाट नेपाली कांग्रेसका प्रशान्त मेयर र जसपाका कमरुद्दिन राई उपमेयरमा निर्वाचित भएपछि सत्ता साझेदार सबै दलले शनिबार विहान नेपालगञ्जमा विजयी जुलुश निकालेका हुन् ।

नाकास्थित पिप्रहवाबाट निस्केको विजयी जुलुशले नेपालगञ्ज परिक्रमा गरेको थियो । वीपीचोकमा पुगेपछि मेयर विष्ट र उपमेयर राईले वीपीको शालिकमा माल्र्यापण गरेका थिए । विजयी जुलुशमा नेपालगञ्ज समेटिएको क्षेत्र नं. २ का सांसद मो. इस्तियाक राई, नेपालगञ्जबाट प्रदेश सांसद सुरेन्द्र हमाललगायतका नेताहरुको उपस्थिति थियो ।

शपत ग्रहण गरिसकेका निर्वाचित पदाधिकारीले आइतबार पदभार ग्रहण गर्दैछन् । नेपालगञ्जमा जसपाले ६, कांग्रेर र एमालेले ५/५, माओवादी केन्द्रले ४ र राप्रपाले ३ वटा वडा जितेको छ ।


error: यो सुविधा उपलब्ध छैन !