एक सय ६ मतदान केन्द्र संवेदनशील

नेपालगञ्ज – निर्वाचन नजिकिएको छ । निर्वाचनमा खटिएका कर्मचारीहरु मतदान केन्द्रको व्यवस्थापनमा जुटेका छन्, मतदाता परिचयपत्र वितरण गरिरहेका छन् ।

बाँकेमा एक सय ३६ वटा मतदानस्थल छन् । त्यसमा तीन सय ७९ वटा मतदान केन्द्र छन् । स्थानीय प्रशासनले एक सय ६ वटा मतदान केन्द्रलाई संवेदनशीलको सूचीमा राखेको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले संवेदनशीनको सूचीमा परेका मतदान केन्द्रहरु धेरैजसो दक्षिणभेगका रहेको जानकारी दिनुभयो ।

बाँके सीमावर्ती जिल्ला होे । यसको दक्षिणमा भारत पर्दछ । खुल्ला सीमानाका कारण दक्षिणका मतदान केन्द्रलाई संवेदनशील मानिएको छ । पूर्वको नरैनापुरदेखि नेपालगञ्ज हुँदै पश्चिमको खजुरा गाउँपालिकासम्मको ६५ किलोमिटर सीमामा रहेका मतदान केन्द्रलाई संवेदनशीलमा राखेको प्रशासनले त्यहाँ निगरानी बढाएको छ ।

सुरक्षाको तीन घेरामा चुनाव हुँदैछ । बाहिरी घेरामा नेपाली सेना रहेको छ । सेनाले गस्ती, पेट्रोलिङ गरिरहेको छ । त्यसपछि सशस्त्र प्रहरी र नेपाल प्रहरीको घेरा रहेको छ । जिल्लाका हरेक मतदान केन्द्रमा सहज तरिकाले गएर भोट हाल्ने व्यवस्था मिलाएको प्रशासनले जनाएको
छ ।

खुल्ला सीमानाका कारण नेपालमा होस् या भारतमा हुने चुनावमा सधैं संवेदनशील मान्ने गरिन्छ । यद्यपि, ६५ किलोमिटरभित्र भारतीय सीमा सुरक्षा बल (एसएसबी) को अढाई किलोमिटरमा र सशस्त्र प्रहरीको पाँच किलोमिटर आसपासमा पोष्ट रहेका छन् ।


error: यो सुविधा उपलब्ध छैन !