नाका सील, अलपत्र परेकाको उद्धार

नेपालगञ्ज – नेपालगञ्ज मंगलबार राती १२ बजेदेखि सील गरिएको छ । चुनावलाई मध्यनजर गर्दै नाका सील गरिएको हो ।

भारतीय प्रहरीले नेपाली नागरिकता भएकालाई नेपालतर्फ आउन दिइरहेको छ । नेपाल प्रहरीले आधारकार्ड भएका व्यक्तिलाई भारततर्फ जान दिएको छ । अलपत्र परेका यस्ता व्यक्तिलाई आउन र जान दिने भनिएको छ ।

रातीमा नेपालगञ्ज नाकामा आइपुगेका पहाडी जिल्लाका मानिसलाई विहान आउन दिइएको थियो । बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले नाका सील भएको थाहा नपाएर नाकामा आइपुगेका व्यक्तिलाई अलपत्र पर्न नदिई भित्र्याइएको जानकारी दिनुभयो ।

‘एकलट भित्र्याइयो । अब आएकालाई नेपाल प्रवेश गर्न दिदैनौ, प्रमुख जिल्ला अधिकारी खत्रीले भन्नुभयो, आइरहने । भित्र्याइरहने भए त सील गरेको अर्थ नै भएन नि ।’

नाका सील गरिएपछि सधैं भीडभाड रहने भन्सारतिर सुनसान भएको छ । बैशाख ३० गते १२ बजेसम्मलाई नाका सील गरिएको छ ।


error: यो सुविधा उपलब्ध छैन !