४९ वर्षीया महिला बलात्कृत !

तस्बिर : गुगल

नेपालगञ्ज – बाँकेमा ४९ वर्षीया महिला बलात्कृत भएकी छन् ।

खजुरा गाउँपालिकाकी ती महिलालाई अर्धनग्न र अर्धबेहोस् अवस्थामा गएराती १२.३० उद्धार गरिएको इलाका प्रहरी कार्यालय, धनौलीले जानकारी दिएको छ ।

घरमा सामान्य झगडा भएपछि महिला माइती जान्छु भनेर १०.१५ बजे घरबाट निस्केकी थिइन् । उनी अटोरिक्सा चढेर गएकी थिइन् । उनको माइती घरदेखि दुई किलोमिटरको दुरीमा रहेको छ ।

राती १२ बजेसम्म पनि माइतीमा नपुगेको खबर आएपछि घरपरिवार खोजीमा निस्केका थिए । खोजतलास गर्दै जादा सडकमा अटोरिक्सा देखियो । सडकदेखि ५० मिटर दक्षिण झाडीमा महिला अर्धनग्न र अर्धबेहोस् अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय, धनौलीका प्रहरी निरीक्षक प्रेमप्रसाद रेग्मीले जानकारी दिनुभयो ।

महिलाको उपचार भइरहेको छ । अटोरिक्साका मालिकलाई विहान चार बजे बर्दियाबाट नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ ।


error: यो सुविधा उपलब्ध छैन !