भारतमा चोरेको सुन नेपालमा पक्राउ

नेपालगञ्ज – बाँके प्रहरीले ठूलो परिणामको सुनसहित एक जनालाई पक्राउ गरेको छ ।

खजुराको एलगाउँस्थित सुवेदीचोकमा शंकास्पद तरिकाले हिडिरहेका बझाङका अशोकबहादुर सिंहलाई जाँच गर्दा ८०२ ग्राम ७३ मिलिग्राम सुनका गहना फेला परेको हो ।

सिंहले बोकेको कालो रंगको झोलामा हार, मंगलसुत्र, बाला, दाना, झुम्की, रामलिला, झाला, ब्रासलेट, कानपासा, औठी, टप, फुली बरामद भएको छ । सुनको मूल्य ६२ लाख अनुमान गरिएको छ ।

२०७९ बैशाख ४ गते भारतको बैंलोरस्थित सुन पसलबाट चोरी भएको सुन बरामद भएको बाँके प्रहरीले प्रारम्भिक अनुसन्धानबाट खुलेको जनाएको छ ।


error: यो सुविधा उपलब्ध छैन !