इदमा गला मिलाउन पुगेका उम्मेदवारहरु

नेपालगञ्ज – मुस्लिम समुदायको ठूलोमध्येको पर्व इदुल फित्र (इद) मा सामुहिक नमाज पढिएको छ । योसँगै एक महिने रोजा सकिएको छ ।

नेपालगञ्जको वीपीचोकस्थित मस्जिदमा ठूलो संख्यामा जम्मा भएर नमाज पढिएको हो । मस्जिद भित्र नआएटापछि सडक र पेटीमै नमाज पढिएको थियो ।

नमाज पढेपछि गला मिलाएर एक अर्कालाई शुभकामना आदान प्रदान गरिन्छ । शुभकामना दिनका लागि उम्मेदवारहरु वीपीचोकमा पुगेका थिए । नेपालगञ्ज उपमहानगरपालिकाका मेयर र र उपमेयरका उम्मेदवारहरुले वीपीचोकमा पुगेर गला मिलाएर शुभकामना दिएका छन् ।

नेकपा एमालेका पशुपतिदयाल मिश्र, नेपाली कांग्रेस र जसपा गठबन्धनका प्रशान्त विष्ट, राप्रपाका नन्दलाल बैश्यलाई शुभकामना दिन भ्याइ नभ्याइ देखिन्थ्यो । चुनावी अभियानमा घरघरमा पुगिरहेका उम्मेदवारहरु एकै ठाउँमा जम्मा भएका ठूलो संख्यालाई शुभकामना दिन र आफ्नो प्रचार गर्ने मौका मिलेको थियो ।

नेपालगञ्ज सद्भावको शहर हो । यहाँ हिन्दु, मुस्लिम, सिख, क्रिस्चियन, बौद्ध मिलेर बसेका छन् । उम्मेदवारहरुले सामाजिक सद्भावको शहरलाई सबैको पहिचान र अस्तित्वका लागि आफूहरुले काम गर्ने प्रतिबद्धता जनाएका थिए ।


error: यो सुविधा उपलब्ध छैन !