नगर प्रमुख र उपप्रमुखसहित १४ जनाको उम्मेदवारी फिर्ता

नेपालगञ्ज – राष्ट्रिय जनमोर्चाबाट नेपालगञ्ज उपमहानगरपालिकाको प्रमुखका उम्मेदवार र माओवादी केन्द्रका उपमेयरका उम्मेदवारसहित १४ जनाले उम्मेदवारी फिर्ता गरेका छन् ।

राष्ट्रिय जनमोर्चाबाट नगर प्रमुखमा उम्मेदवारी दिएका जगदीश ढकालले उम्मेदवारी फिर्ता लिएका हुन् । गठबन्धनको भागबण्डामा नपरेपछि माओवादी केन्द्रले ताराकुमारी रोकायलाई उपमेयरमा उठाएको थियो । उपमेयरको स्वतन्त्र उम्मेदवार बनेकी रोकायले शुक्रबार उम्मेदवारी फिर्ता लिएकी छन् ।

नेपालगञ्ज उपहानगरपालिकामा ६ जना वडाध्यक्षका उम्मेदवारले उम्मेदवारी फिर्ता गरेका छन् । वडाध्यक्षबाट नाम फिर्ता लिनेमा लोसपाका श्यामकुमार सोनार, भातराम कोरी, औलो हल्ला, चिचिता बर्मा, हनाना बेहना, जययराम गोडिया रहेका छन् ।

सदस्यहरुमा रिना बैश्य, भुषण झा, देवीप्रसाद खतिवडा, माधवा जिसी, भुपी खत्री, गुर्मी कोरीले उम्मेदवारी फिर्ता लिएका छन् ।


error: यो सुविधा उपलब्ध छैन !