खजुराको ‘गौरव’

नेपालगञ्ज – अघिल्लो वर्षको असार १ गते प्रदेश सरकारले घोषणा ग¥यो, खजुरामा प्रादेशिक विश्वविद्यालय बनाउने । बजेट वक्तब्यमार्फत घोषणा भएको विश्वविद्यालयका लागि त्यो वर्ष सात करोड छुट्याएको थियो ।

विश्वविद्यालय बाँकेवासीको सपना थियो । त्यसका लागि दशक लामो आन्दोलन गरिएको थियो । भन्सार, यातायात, राजश्व ठप्प पार्ने कामसमेत भएको थियो । त्यसका बाबजुद विश्वविद्यालय सुर्खेत गएको थियो । लामो समयदेखि बाँकेवासीको निरन्तर प्रयास पछि खजुरामा प्रादेशिक विश्वविद्यालय बन्ने भएको छ ।

खजुराले सय विगाह जमिन जुटाउन सक्नु नै ठूलो उपलब्धी थियो । यसमा गाउँपालिकाका प्रमुख किस्मतकुमार कक्षपतिलगायतको टीमले मेहनत ग¥यो, फल पनि पाएको छ । अब यसलाई छिटो भन्दा छिटो कार्यान्वयनको तहमा लैजानु पर्छ । त्यसका लागि सबैको साथ सहयोग अपरिहार्य देखिन्छ ।

बीचमा प्रादेशिक विश्वविद्यालय खजुराबाट अन्यत्र लैजाने षड्यन्त्र रचियो । खजुरा गाउँपालिकाले त्यसको सशक्त प्रतिकार ग¥यो, आन्दोलनका कार्यक्रमदेखि उच्च तहमा भेटघाट । खजुरामा धेरै काम अघि बढिसकेको प्रादेशिक विश्वविद्यालय अन्यत्र सार्ने षड्यन्त्र सफल भएन । प्रदेश सरकारले प्रादेशिक विश्वविद्यालयमा खजुरामै बन्ने प्रतिबद्धता जनाएपछि गाउँपालिकाको टोलीको दौडधुप रोकिएको छ । खजुरामा प्रादेशिक विश्वविद्यालय बन्दा त्यो खजुराको लागि मात्रै होइन, बाँके, बर्दियासँगै प्रदेशकै गौरव बढाउने विश्वास गरिएको छ ।

शीत भण्डार खजुराको अर्को गौरवको योजना हो । दश करोडको लागतमा एक हजार पाँच सय मेट्रिक टन क्षमताको शीत भण्डार बन्दैछ । शीत भण्डार प्रदेश सरकारसँग मिलेर बनाइदैछ । शीत भण्डारको निर्माण कार्य ७५ प्रतिशत सकिएको योजना प्रमुख पौडेलले जानकारी दिनुभयो । खजुरा गाउँपालिका वडा नम्बर ५ मा १५ कठ्ठा जमिनमा निर्माण गरिएको शीत भण्डारमा बत्तीको काम बाँकी रहेको छ ।

खजुरामा केन्द्रले औद्योगिक ग्राम र खेलकुद ग्राममा सहयोग पु¥याएको छ । देशभरका ३२ वटा तहमा औद्योगिक ग्रामको काम थालनी गर्दा खजुरामा परेको हो । औद्योगिक ग्रामका लागि ९२ लाख रुपैया पठाइदिएको थियो । २१ विगाहमा औद्योगिक ग्राम बन्दैछ । २१ विगाहमध्ये १७ विगाह जमिन पालिकाले स्वामित्वमा ल्याइसकेको छ । छिटो भन्दा छिटो औद्योगिक ग्राम निर्माण गरेर त्यहाँ खजुरा क्षेत्रका उद्योगहरुलाई सार्ने रणनीति बनाइएको छ । योजना अधिकृत पौडेलले औद्योगिक ग्राममा यहीका उत्पादनलाई प्रोत्साहन हुने खालका उद्योगहरुलाई प्राथमिकतामा राखिने बताउनुभयो । ‘स्थानीय कच्चा पदार्थको सदुपयोग हुने र यहीका बासिन्दाले रोजगार पाउने खालका उद्योगहरु त्यहाँ हुन्छन्, योजना अधिकृत पौडेलले भन्नुभयो, यसो गर्दा प्रत्यक्ष रुपमा स्थानीयवासी लाभान्वित हुन्छन् ।’

खजुराको गौरवको आयोजनामा बहुउद्देश्यीय सभागृह पनि परेको छ । वडा नं. ३ मा पाँच सय जना अटाउने सभागृह बनाइदैछ । यो योजना साढे ६ करोडको थियो । साढे चार करोडमा ठेक्का परेको छ । ग्रिन सिटी पनि खजुराको गौरवको आयोजनामा पारिएको छ ।

खजुराले गौरवका योजनामा राखेर १५ शैयाको अस्पताल बनाइरहेको छ । १२ करोडमा ठेक्का लागेको अस्पतालको एक तला ढलान भइसकेको छ । ५ करोडको प्रशासनिक भवन सम्पन्न हुने चरणमा पुगेको छ । चिल्डे«न पार्क, एक वडा, एक खुशीयाली घर, वर्षेनी १६ किलोमिटर सडक पीच गर्ने खजुराका गौरवका योजना हुन् ।

बाँकेमा अन्य पालिकामा भन्दा खजुराले प्रदेश र केन्द्रबाट ठूला आयोजना ल्याएको छ । खजुराले बजेट पनि धेरै ल्याइरहेको थियो । प्रदेश सरकारले खजुरामा तीन ठूला सडकमा लगानी गरेको छ, बीगाउँ बाइपास, सीगाउँ हुँदै पेडारी बैजनाथ, चमकदारदेखि गौघाटका सडक ।

खजुराले १५ वर्षे गुरुयोजना बनाएको छ । ५, १० र १५ वर्षे योजना छन् । भिलेज प्रोफाइल बनाएर त्यसपछि विभिन्न योजनाहरु समेटिएका छन् । केन्द्र सरकारले २५ र प्रदेश सरकारले २० वर्षे गुरुयोजना बनाएका थिए ।
खजुराका सबै गौरवका आयोजनाहरु पूरा हुँदा समृद्ध खजुराको आधार तय हुने जानकारहरु बताउँछन् ।


error: यो सुविधा उपलब्ध छैन !