नेपालगञ्जमा ‘जस्टिस कन्सर्ट’ हुँदै

नेपालगञ्ज – न्याय र शािन्तका बारेमा सचेतना अभिबृद्धि गर्न नेपालगञ्जमा जस्टिस कन्सर्ट हुँदैछ ।

ब्याप्त घृणा, द्वेष र कलह मेटाई मानव जाती बीच समानता, मर्यदा र न्यायपूर्ण ब्यवस्था कायम गर्नका लागि र न्याय, शान्ति र राज्यका संस्थाहरु मजबुत भएको सुन्दर समाज निर्माण गर्न लागि संगीतको माध्यमले सचेतनामुलक कन्सर्ट गर्न लागिएको हो ।

देशको न्याय, कानून, लोक प्रशासन, स्थानीय सरकार र सामाजिक जीवनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने जिम्मेवारीमा रहेका व्यक्तिो सहभागितामा कन्सर्टको आयोजना गरिएको हो ।

‘न्याय विकासको जग हो’ भन्ने मान्यता लिएर दिगो विकास लक्ष्यको गोल १६ अर्थात् शान्ति, न्याय र मजबुत संस्थाहरु निर्माणका लागि जनस्तरबाट योगदान गर्ने उद्देश्यले यो कार्यक्रमको आयोजना गर्न लागिएको हो । सूचनाको हकका लागि राष्ट्रिय महासंघद्वारा बैशाख १६ गते शुक्रवार साँझ ७ बजे नेपालगञ्जको मेरो प्लानेटमा कन्सर्ट गर्न लागिएको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

महासंघका वरिष्ठ उपाध्यक्ष अधिबक्ता विश्वजित तिवारीले न्यायालय र जनताविचको सम्वन्ध प्रगाढ बनाउन र न्यायका बारेमा आम नागरिकमा संगीतको माध्यमले सचेतना अभिबृद्धि गर्न लागिएको बताउनुभयो । कन्सर्टमा दिगो विकास लक्ष्य अभियन्ता रोहन रत्न बागचन्दको प्रस्तुति रहनेछ ।

कन्सर्टका परिकल्पनाकार प्यारलिगलिज्म प्राकटिशनर प्रभाकर बागचन्दले वर्तमान परिस्थितिमा जनतालाई न्यायको अनुभूति नभएको अवस्थामा न्यायका बारेमा नागरिकलाई जागरुक बनाउनुपर्नेमा जोड दिनुभयो । कन्सर्टमा वागचन्दको एकल प्रस्तुती हुनेछ ।

नेपालमैं पहिलोपटक आयोजना हुन लागेको यस किसिमको कार्याक्रमले विभिन्न सरोकारवाला निकायको ध्यानाकषर्ण गराउने अपेक्षा गरिएको छ ।


error: यो सुविधा उपलब्ध छैन !