‘घर नजिक वडा छ, वडामा हाम्रो भर छ’

नेपालगञ्ज – जनताले स्वयं घर नजिक वडा छ, वडामा हाम्रो भर छ भनेको सुन्न पाउने दिन ल्याउँछु भनेर वडा अध्यक्षमा चुनाव लड्दैछु । कृपया रुख चिन्हमा मतदान गरि साथ दिनुहोस् भन्दै घरदैलोमा निस्केका छन् वडा नं. १३ का अध्यक्षका उम्मेद्वार सन्दिपजङ्ग शाह ।

नेपाली कांग्रेसका तर्फबाट नेपालगञ्ज उपमहानगरपालिका १३ का लागी वडा अध्यक्षका उम्मेद्वार शाह मतदाताका घर घरमा पुग्न थालेका छन् ।

सामाजिक सेवा सँगै राज्य सञ्चालनमा कानुन र ऐन अनुसार हस्तक्षेप जरुरी छ । जनताको काम वडा तहमा चुस्तदुरुस्त गराउने मेरो धेय छ अध्यक्षका प्रत्यासी शाहका भनाई हुन् ।

विकास र निर्माण त चलिरहने प्रक्रिया हुन् । विकास विरोधी कोही छैन । म विकासप्रेमी अरु विकास विरोधी भनेर म झुटो नारा बेच्दिन । सुशासन र जनमुखी सेवा, स्वास्थ्य संस्था सुधार, शिक्षाको ब्यवस्थापकिय संरचनमा हस्तक्षेपकारी भूमिकाले वडालाई थप बलियो र समृद्ध बनाउने मेरा योजना छन् कांग्रेस उम्मेद्वार शाहले थपे ।

उम्मेद्वार शाह अगाडी थप्छन्, म तल्लो तहमा स्वास्थ्य स्वयं सेविकादेखि वडा तहसम्म हुने जनशक्ति स्वास्थ्यका जनमुखि कार्यक्रमसँग जोड्ने योजनामा छु ।

कृषकहरुले राज्यबाट पाउने सेवा सुविधाका लागी वडा तहबाट हुन सक्ने हर सम्भव प्रयास गर्नेछु। शाह भन्छन्, वडाले पाउने नियमित बजेटका अलावा प्रदेश र संघीय सरकार समक्ष वडाको सर्वाङ्गीण विकासका लागी उच्च तहको प्रयास गर्नेछु ।

युवा अवस्थाको काम गर्ने जोश जाँगरलाई बालबालिकाको शिक्षामा सहज पहुँच बनाउने तर्फ समेत योजना बनाएको कुरा शाह बताउँछन् । मेरो अर्को प्राथमिकता हो महिला सशक्तिकरण, यसका लागी आबश्यक बजेट तथा योजनाको सपष्ट खाका बनाउने छु ।

खेल क्षेत्रलाई घरघरसँग जोड्न यथासक्य विद्यालयमा खेल कार्यक्रम तदारुपकताका साथ लागु गराउने शाहको चाहना
छ । उनी भन्छन्, मेरो नेतृत्वमा चुनाव लड्ने दुई जना अनुभवि सदस्यहरु पनि हुनुहुन्छ, हामी अघिल्लो काँग्रेसको कार्यकाल भन्दा थप सुधार गरेर अघि बढ्नेछौं । उनले थपे, अल्पसङ्ख्यक, अपाङ्ग र वृद्धवृद्धाका लागी भरपर्दा कार्यक्रम ल्याईनेछ । घर घर पुगेर स्वास्थ्य अवस्थाबारे स्वयंसेविकाहरुले सूचना संकलन गर्नेछन, त्यसकै आधारमा स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाले सेवा प्रवाह गर्नेछन् ।

चुनावी अभियान अघि बढाइरहेका शाहले भने, मेरो कार्यकालमा पूर्ण रुपमा सञ्चार मैत्री प्रशासन रहनेछ ।


error: यो सुविधा उपलब्ध छैन !