तामझामका साथ राप्रपाको उम्मेदवारी

नेपालगञ्ज – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले तामझामका साथ उम्मेदवारी दर्ता गरेको छ ।

नेपालगञ्जमा नारा जुलुशका साथ बजार परिक्रमा गर्दै राप्रपाले उम्मेदवारी दर्ता गरेको छ । अरु पालिकाहरुमा पनि राप्रपाले आइतबार उम्मेदवारी दर्ता गरेको छ ।

राप्रपाका महामन्त्री एवं नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवलशमशेर राणाको उपस्थितिमा राप्रपाका उम्मेदवारहरु समर्थकहरुका साथ मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेका थिए ।

नेपालगञ्जमा राप्रपाले नन्दलाल बैश्यलाई मेयर र विन्दु चर्तिमगरलाई उपमेयर बनाएको छ । नेपालगञ्जका २३ वटै वडामा उम्मेदवारी दर्ता गरेको छ । वडा नं. १ मा तारामान कुँवर, २ नम्बरमा मनोज श्रेष्ठ, ३ नम्बरमा अमन गुप्ता, ४ नम्बरमा इन्दिरा शाही, ५ नम्बरमा मन्जु बादी, ६ नम्बरमा रविन थापा, ७ नम्बरमा हर्कबहादुर गुरुङ, ८ नम्बरमा रजनिस बाजपेयी, ९ नम्बरमा विक्रम खरेल, १० नम्बरमा श्रवण श्रेष्ठ, ११ नम्बरमा सलाउद्दिन जसगढ, १२ नम्बरमा धु्रवराज बर्मा, १३ नम्बरमा विपिन श्रीवास्तव, १४ नम्बरमा हरदेवबक्स चौधरी, १५ नम्बरमा साकिर अलि कवडिया, १६ नम्बरमा रोशन अलि जोलाह, १७ नम्बरमा धर्मराज यादव, १८ नम्बरमा भेषराज चौलागाई, १९ नम्बरमा धनराज कादु, २० नम्बरमा नवराज सापकोटा, २१ नम्बरमा रामफेरन कोरी, २२ नम्बरमा चेतबहादुर घर्ति र २३ नम्बरमा शोभाराम खटिकले उम्मेदवारी दर्ता गरेका छन् ।

राप्रपाका जिल्ला अध्यक्ष नरेन्द्र पौडेलका अनुसार, कोहलपुर नगरपालिकामा प्रदीपकुमार शाहलाई मेयर र सावित्रा घिमिरेलाई उपमेयर, राप्तीसोनारी गाउँपालिकामा भुपेन्द्र वलीलाई अध्यक्ष र शोभा वलीलाई उपाध्यक्ष, बैजनाथमा तारकसिंह थारुलाई अध्यक्ष र जयलक्ष्मी शाहलाई उपाध्यक्ष, जानकी गाउँपालिकामा श्यामबहादुर थापालाई अध्यक्ष र कुश्मा रैदासलाई उपाध्यक्ष, खजुरा गाउँपालिकामा धनसिंह रानालाई अध्यक्ष र तिलकुमारी हमाललाई उपाध्यक्ष बनाइएको छ । डुडुवा र नरैनापुरका सोमबार उम्मेदवारी दर्ता गर्ने तयारी छ ।

२०७४ सालको चुनावमा नेपालगञ्जको मेयर राप्रपाले जितेको थियो । राप्रपालाई विरासत जोगाउने चुनौती रहेको छ ।
नेपालगञ्जमा जनमत पार्टीका प्रल्हाद यादव अहिर र नेकपा मालेका मेवालाल हल्वाईले मेयरमा उम्मेदवारी दिएका
छन् ।

नेपालगञ्ज उपहानगरपालिका वडा नं. ५ को वडाध्यक्षका लागि ३० वर्षीय अब्दुल अजिज हल्वाईले स्वतन्त्रबाट उम्मेदवारी दिएका छन् ।


error: यो सुविधा उपलब्ध छैन !