एमालेको १२ नम्बरमा सात जना उम्मेदवार
नेपालगञ्ज – नेकपा एमालेबाट नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १२ को वडाध्यक्षमा सात जनाले दाबेदारी प्रस्तुत गरेका छन् ।
वडामा भएको क्रियाशील सदस्यहरुको बैठकमा सात जनाले वडाध्यक्ष दाबेदारी गरेका हुन् । एमाले नेताहरुका अनुसार, १२ नम्बर वडाध्यक्षका लागि हेमराज गौतम, श्यामसुन्दर अधिकारी, विश्व सेन, देवदत्त ढकाल, रुद्र सुवेदी, प्रदीप सापकोटा र विनोद खड्काले दावी गरेका छन् ।
महिला सदस्यका लागि तीन जनाको दावी रहेको छ । इता शर्मा, गंगा लम्साल र मनमाया जयसवालले महिला सदस्यका लागि दावी गरेका छन् । पुरुष सदस्यका लागि चार जना अगाडि आएका छन् । हौसीलाल चिडिमार, परमात्मा बर्मा, रामबहादुर केसी र सुरज सिलवालले पुरुष सदस्यका लागि दावी गरेका छन् । महिला दलित सदस्यका लागि विन्दुकुमारी विकको मात्रै दावी रहेको छ ।
वडाबाट उम्मेदवार हुन चाहनेको नाम जिल्लामा पठाइदिने र जिल्लाले सहमतिबाटै एक जनाको नाम तय गर्ने बुझिएको छ ।