अवधी भाषामा अनुवादित संविधानको विमोचन

नेपालगञ्ज – नेपालको संविधान २०७२ लाई अवधी भाषामा अनुवाद गरिएको छ ।

डुडुवा गाउँपालिकाको सहयोगमा सूचना र मानव अधिकार अनुसन्धान केन्द्र, बाँकेले संविधानलाई अवधी भाषामा अनुवाद गरेको हो ।

अवधी भाषामा अनुदान गरिएको संविधानको मंगलबार एक समारोहका बीच डुडुवा गाउँपालिकाका अध्यक्ष नरेन्द्र चौधरीले विमोचन गर्नुभयो । सो अवसरमा अध्यक्ष चौधरीले अब अवधी भाषीले आफ्नै भाषामा संविधान पढ्न पाउने बताउनुभयो ।

केन्द्रका अध्यक्ष विश्वजित तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग, नेपालगञ्जका प्रमुख झंकर रावल, पत्रकार विजय बर्मा, शुक्रऋषि चौलागाई, केन्द्रका उपाध्यक्ष कृष्णमुरारीप्रसाद भट्टलगायतले संविधान अनुवादपछि अवधी भाषालाई पढ्न सहज हुने बताउनुभयो । शिवप्रसाद पाठकले अवधी भाषामा अनुवाद गर्नु भएको थियो ।


error: यो सुविधा उपलब्ध छैन !