आगलागी पीडितलाई राहत
नरैनापुर – नरैनापुर गाउँपालिका वडा नं. ४, कृष्णनगरका आगलागी पीडितलाई राहत वितरण गरिएको छ ।
आगलागीमा प्रभावित १६ परिवारलाई मंगलबार जिल्ला विपद व्यवस्थापन समिति बाँकेले नगद तथा नेपाल रेडक्रस सोसाईटीले गैह्र खाद्य सामाग्रीको सेट उपलव्ध गराएको छ । प्रति परिवार नगद १५ हजार, गैह्र खाद्य सामाग्री सेट, एक थान कम्मल वितरण गरिएको हो ।
राहत वितरणमा प्रदेश सांसद कृष्णा केसी, भूमि आयोगका सदस्य विक्रम यादव, प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्री, रेडक्रस र सुरक्षा निकायका प्रमुखहरुको उपस्थिति रहेको थियो । आगलागी पीडितलाई गाउँपालिकाले त्रिपाललगायतका सामाग्री वितरण गरिसकेको थियो ।