जहाजमा खरायो ठोक्कियो

नेपालगञ्ज – नेपालगञ्ज विमानस्थलमा जहाजमा खरायो ठोक्किएको छ ।

काठमाडौंबाट नेपालगञ्ज आएको बुद्ध एयरको जहाजमा ल्याण्ड हुने बेलामा खरायो ठोक्किएको हो । घटना राती पौने आठ बजेको हो ।

बुद्ध एयर, नेपालगञ्जका व्यवस्थापक विनित शाहले जहाज ल्याण्ड हुने क्रममा खरायो ठोक्किएको बताउनुभयो । जहाजसँग ठोक्किएको खरायोको मृत्यु भएको छ ।

जहाजमा खरायो ठोक्किएपछि केही उडान रोकिएको थियो । उडान सुचारु भएको छ ।

नेपालगञ्ज विमानस्थलमा यसअघि पटक पटक जहाजमा बँदेल ठोक्किएको थियो । बँदेल ठोक्किने क्रम बढेपछि विमानस्थल कार्यालयले धावनमार्ग नजिकको झाडी सफाई गरेको थियो । विमानस्थल कार्यालयमा झाडी सफाईका लागि समेत बजेट नआउदा नियमित सफाई हुन सकेको छैन । शुरुमा नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरीले झाडी सफाई गरिदिएकोमा पछि विमानस्थल कार्यालयले मजदुर लगाएर सफाई गरेको थियो ।

धावनमार्ग नजिक रहेको झाडीमा जंगली जनावर रहेकाले विमानस्थलमा जनावर ठोक्किने जोखिम रहदै आएको छ ।


error: यो सुविधा उपलब्ध छैन !