बलात्कार आरोपी सांसद बानिया ५ लाख धरौटीमा रिहा


नेपालगञ्ज – बलात्कार आरोपमा प्रहरी हिरासतमा रहेका सांसद मोहन बानिया पाँच लाख धरौटीमा छुटेका छन् ।
जुम्लाकी शिक्षिकालाई नेपालगञ्जको एक होटलमा बलात्कार गरेको आरोप लागेपछि सांसद बानिया पक्राउ परेका थिए ।
जिल्ला अदालत, बाँकेको न्यायाधीश ईश्वरी भट्टराईको इजलासले सांसद बानियालाई ५ लाख धरौटीमा छोड्ने आदेश दिएको हो ।
माघ १९ गते नेपालगञ्जको होटलमा सांसद बानियाले बलात्कार गरेको महिलाले दावी गरेकी थिइन् । माघ २७ गते जिल्ला प्रहरी कार्यालय, बाँकेमा जाहेरी दर्ता भएको थियो । फाल्गुन २ गते सांसद बानियालाई पक्राउ गर्न पक्राउ पूर्जी आएको थियो । फाल्गुन १६ गते प्रहरीले उनलाई नेपालगञ्ज विमानस्थलबाट नियन्त्रणमा लिएको थियो ।


error: यो सुविधा उपलब्ध छैन !