वडा नं. १८ मा धमाधम सडक बन्दै

नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १८ मा धमाधम सडक शिलान्यास भइरहेका छन् । वडाध्यक्ष दिपक बर्माले वडा कार्यालय र प्रदेश तथा संघ सरकारको सहयोगमा सडक निर्माण भइरहेको बताउनुभयो ।
नेपालगञ्ज वडा नं १८ ट्राभल भिलेज सिद्धार्थ टोलमा ४५ लाखको लागतमा आरसीसी नाला सहित ८ मिटर चौडाइ र २०० मिटर लम्बाई सडकको टोलबासीको उपस्थितिमा वडा अध्यक्ष बर्माले शिलान्यास गर्नु भयो । शुक्रबार वडा नं १८ शिवनगर टोलमा निर्मला काफ्लेको घरदेखि केशव पौडेलको घर हुँदै जाने सडकको शिलान्यास गरेको अध्यक्ष बर्माले बताउनु भयो । हालै प्रहरी तालिम केन्द्रदेखि पश्चिम सगरमाथा बोर्डिङ जाने सडकको शिलान्यास गरिएको थियो । यही हप्तामा भाटभटेनीदेखि पश्चिम श्रीनगर टोल जाने सडकको शिलान्यास वडा अध्यक्ष बर्माले गर्नु भएको थियो । यही हप्ता भित्रमा ४ वटा सडकको शिलान्यास भएको वडा सदस्य दिग्बिजय ढुंगानाले बताउनु भयो । यसै आर्थिक बर्षमा निरन्तर रुपमा पूर्वाधार बिकास निर्माण कार्य भइरहेकोे छ । धेरै सडक यही आर्थिक बर्षमा बनाउने अध्यक्ष बर्माले बताउनुभयो ।


error: यो सुविधा उपलब्ध छैन !