बाँसगढीमा मानब बेचबिखन तथा ओसारपसार नियन्त्रण समिति
बर्दिया – बर्दिया जिल्लाको बाँसगढी नगरपालिकामा मानब बेचबिखन तथा ओसारपसार नियन्त्रण स्थानीय समिति गठन गरिएको छ ।
बाँसगढी नगरपालिकाका नगर प्रमुख शालिकराम अधिकारीको अध्यक्षतामा अन्तरक्रिया गर्दै स्थानीय समिति गठन गरिएको छ ।
नगरपालिकाका प्रमुख अधिकारीले मानब बेचबिखनबिरुद्ध रोकथाम, उद्धार, पुर्नस्थापनालगायतका कार्यक्रमहरु आवश्यकता रहेको र मानब बेचबिखन तथा बिभिन्नखालका हिंसाहरुको जोखिम रहेको क्षेत्र, समुदाय पहिचान गरी सोही अनुरुप क्रियाकलापहरु सञ्चालन गर्नका लागी पालिकाले नीतिगत रुपमा ब्यबस्था गरी अगाडी बढ्ने कुरामा जोड दिनु भयो ।
सामाजिक बिकास समितिका संयोजक तुलप्रसाद गौतमले मानब बेचबिखन फरक रुपमा समुदाय स्तरमा भित्रि रुपमा रहेको र बैदेशिक रोजगारीको नाममा समेत शोषणका घटनाहरु भइरहेको हुँदा माइती नेपालले मानब बेचबिखन बिरुद्धका कार्य सञ्चालनका लागी नगरपालिकासँग समन्वय गरेकोमा आभार ब्यक्त गर्नुभयो ।
इलाका प्रहरी कार्यालय बाँसगढीका प्रहरी निरीक्षक बिरेन्द्रसिंह थापाले समाजमा हुने बिभिन्न बिकृति बिसंगति र अपराधहरुको बिरुद्धमा नेपाल प्रहरी, पालिका, समुदाय समेतको सहकार्यमा कार्य गर्नुपर्ने कुरामा जोड दिनु भएको थियो ।
कार्यक्रममा मानब बेचबिखनको बदलिदो स्वरुप, बर्दिया जिल्ला एवं बाँसगढी नगरपालिकाको अबस्था, नीतिगत ब्यबस्था समेतका बिषयमा उल्लेख गर्दै माइती नेपाल बर्दियाका प्रमुख गायत्री रिमालले कार्यक्रम सहजीकरण गर्नु भएको थियो । बाँसगढी नगरपालिकाको उपप्रमुख सुष्मा चौधरीको अध्यक्षतामा १९ सदस्सीय मानब बेचबिखन तथा ओसारपसार नियन्त्रण स्थानीय समिति गठन गरिएको छ । समितिको सदस्यहरुमा न्यायिक समिति, सामाजिक बिकास समिति, इलाका प्रहरी, स्वास्थ, शिक्षा, बालक्लब, किशोरीक्लब, उद्योगी ब्यापारी, सामाजिक अगुवा समेत रहेका छन् ।
संघीय कानुन, स्थानिय नीतिनियम, राष्ट्रिय समिति, जिल्ला समिति, स्थानीय समितिकाबारेमा नीतिगत ब्यबस्थाको बारेमा उल्लेख गर्दै पालिका स्तरीय मानब बेचबिखन तथा ओसाररपसार नियन्त्रण कार्यबिधिको मस्यौदा समेतमाइती नेपाल नेपालगञ्जका कार्यक्रम संयोजक केशब कोइरालाले प्रस्तुत गर्नु भएको थियो ।