संक्रमण दर ७२, निको हुने दर ९३ प्रतिशत

नेपालगञ्ज – बाँकेमा बिहीबारको कोरोनाको संक्रमण दर ७२ प्रतिशत रहेको छ । निको हुने दर यो भन्दा बढी रहेको छ ।
जिल्ला कोभिड व्यवस्थापन केन्द्र, बाँकेका फोकलपर्सन तेजबहादुर वलीले दिएको जानकारी अनुसार, संक्रमण दर ७२.५ प्रतिशत र निको हुने दर ९३.९ प्रतिशत रहेको छ ।
यहाँका तीन वटा ल्याबमा एक सय ८२ जनाको परीक्षण गर्दा एक सय ३२ जनामा संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालमा ९२ जनामा ५९, कोहलपुर मेडिकल कलेजमा ६३ जनामा ५६ र बागेश्वरी ल्याबमा २७ जनाको परीक्षण गर्दा १७ जनालाई कोरोना पुष्टि भएको छ ।
नाकामा रहेको जमुनाहा हेल्थ डेस्कमा २ सय ८४ जनाको परीक्षण गर्दा २४ जनामा कोरोना देखिएको छ ।
बाँकेमा अहिले २९ जना अस्पतालमा रहेका छन् भने नौ सय १० जना होम आइसोलेसनमा रहेका छन् । बिहीबार ७७ जना डिस्चार्ज भएका छन् ।


error: यो सुविधा उपलब्ध छैन !