एक सय ४८ जनालाई कोरोना

नेपालगञ्ज – बाँकेमा शुक्रबार एक सय ४८ जनामा कोरोना देखिएको छ ।
जिल्ला कोभिड व्यवस्थापन केन्द्र, बाँकेका फोकलपर्सन तेजबहादुर वलीका अनुसार, नेपालगञ्जका तीन वटा ल्याबमा एक सय १६ जना र नाकामा एन्टिजेट जाँचमा ३२ जनामा कोरोना देखिएको हो ।
भेरी अस्पतालमा ९२ जनामा ६९ जना, कोहलपुर मेडिकल कलेजमा ५८ जनामा ३६ जना र बागेश्वरी ल्याबमा २१ जनाको परीक्षण गर्दा ११ जनालाई कोरोना पुष्टि भएको हो । नाकामा नाकामा ३ सय ३५ जनाको जाँच गर्दा ३२ जनामा कोरोना पुष्टि भएको छ । नाकामा कोरोना भएकालाई नेपालगञ्जस्थित बालमन्दिर आइसोलेसनमा ल्याउने गरिन्छ । त्यहाँबाट नै सम्बन्धित पालिकामा पठाउने गरिन्छ । आइसोलेसनमा अहिले २६ जना रहेका छन् ।
बाँकेमा सक्रिय संक्रमितको संख्या ५ सय ५९ पुगेको छ । अस्पतालमा दुई जना सिकिस्त, २९ जना मध्यम र एक जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । शुक्रबार १९ जना डिस्चार्ज भएका छन् ।


error: यो सुविधा उपलब्ध छैन !