निलसागरलाई ५० थान कम्बल

नेपालगञ्ज – जिल्ला विपद व्यवस्थापन समिति, बाँकेले निलसागर सेवा आश्रमलाई ५० थान कम्बल दिएको छ ।
चिसो प्रभावितलाई कम्बल उपलव्ध गराउने क्रममा समिति सम्बद्धले आश्रममा रहेका जेष्ठ वुवा, आमा तथा बालबालिकालाई कम्बल दिएका हुन् ।
निमित्त प्रमुख जिल्ला अधिकरी टोपेन्द्र केसी, समितिका सदस्य सचिव रामकुमार सोनकर, सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीको उपस्थितिमा कम्बल दिइएको थियो । आश्रममा हाल १३० जना जेष्ठ नागरिक तथा बालबालिका रहेका छन् । समितिले यसअघि बागेश्वरी मन्दिर परिसरमा बसेका विपन्न तथा हिरासतमा रहेका बन्दीलाई कम्बल दिएको थियो । समितिले ६ सय थान कम्बल किनेर चिसो प्रभावितलाई वितरण गरिरहेको छ ।


error: यो सुविधा उपलब्ध छैन !