कोरोनाबाट ४१ वर्षीया महिलाको मृत्यु, ५८ जना थपिए

नेपालगञ्ज – बाँकेमा कोरोनाबाट एक जनाको मृत्यु भएको छ ।
दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ की ४१ वर्षीया महिलाको सोमबार भेरी अस्पताल, नेपालगञ्जमा मृत्यु भएको हो ।
जिल्ला कोभिड व्यवस्थापन केन्द्र, बाँकेका फोकलपर्सन तेजबहादुर वलीका अनुसार, पुस ३० गते कोहलपुर मेडिकल कलेजमा पीसीआर गरिएका उनलाई त्यही दिन भेरी अस्पतालमा भर्ना गरिएको थियो । उनको सोमबार दिउँसो १.१५ बजे मृत्यु भएको छ । मृतकले कोभिडविरुद्धको कुनै पनि खोप नलगाएको पाइएको छ ।
योसँगै बाहिरी जिल्लाबाट बाँकेमा उपचार गराउन आउदा मृत्यु हुनेको संख्या ४ सय ३७ जना पुगेको छ । कोरोनाबाट बाँके जिल्ला निवासी ३ सय ४५ जनाको मृत्यु भएको छ ।
यसैबीच, बाँकेमा तीन वटा ल्याबमा एक सय ७२ जनाको परीक्षण गर्दा ५८ जनामा कोरोना पुष्टि भएको छ ।
भेरी अस्पतालमा ३५ मा १९ जना, कोहलपुर मेडिकल कलेजमा ६८ मा १९ जना र बागेश्वरी ल्याबमा ६९ जनाको परीक्षण गर्दा २० जनामा कोरोना पुष्टि भएको छ ।


error: यो सुविधा उपलब्ध छैन !