संशोधनसहित विभिन्न नीति पारित

नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिकाको १० औं नगरसभा आइतबार सम्पन्न भएको छ ।
नगरसभाले भू–उपयोग र जग्गा ब्यवस्थापनलाई ब्यवस्थित, बैज्ञानिक र पारदर्शी बनाउने उद्देश्यका साथ भू–उपयोग ऐन संशोधन सहित पारित गरेको छ । नेपालगञ्न उपमहानगरपालिकाका उपप्रमुख उमा थापा मगरका अनुसार नगरसभाले नगर सञ्चार नीति–२०७८ पनि संशोधन सहित पारित गरेको छ ।
नगरसभाले नेपालगञ्ज उपमहानगरपालिका र वडा कार्यालयहरुको आर्थिक विवरण र रकमान्तरण गर्ने निर्णय गरेको छ । नगरसभालाई सम्बोधन गर्दै नगर प्रमुख डा. धवलशमशेर राणाले आफुहरुको कार्यकाल सफल भएको बताउनुभयो । कार्यपालिकामा चारवटा पार्टीको प्रतिनिधित्व भएपनि सहमतिका आधारमा निर्णय हुने गरेको स्मरण गर्दै उहाँले ५ बर्षे कार्यकाललाई सुनौलो समयको रुपमा लिनुपर्ने बताउनुभयो । उहाँले विकास कार्य निरन्तर चल्ने भन्दै चालु आवका कार्यक्रम छिटो भन्दा छिटो सम्पन्न गर्न जनप्रतिनिधि र कर्मचारीहरुमा आग्रह गर्नुभयो ।
प्रमुख प्रशासकीय अधिकृत गुरुदत्त सुवेदीले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन नगर कार्यपालिकाका प्रबक्ता वडा अध्यक्ष प्रमोद रिजालले गर्नुभएको थियो ।


error: यो सुविधा उपलब्ध छैन !