रोयललाई नकआउट फुटबलको उपाधी

नेपालगञ्ज – रोयल नेपालगञ्ज फुटबल क्लवले बाँके जिल्लाव्यापी नकआउट फुटबल प्रतियोगिताको उपाधी जितेको छ ।
रोयलले नेपालगञ्ज–११ लाई २–० गोलले पराजित गर्दै उपाधी जितेको हो । रोयलको जीतमा सञ्जय थापाले उत्कृष्ट प्रदर्शन गरेका थिए । थापाकै दुई गोलले रोयलले उपाधी जितेको छ । खेल शुरु भएको ७ मिनेटै थापाको गोलले रोयलले अग्रता लिएको थियो । ८०+३ मिनेटमा थापाले नै अर्को गोल थपेपछि जीत निश्चित भएको थियो ।
प्रतियोगिताको विजेता रोयलका खेलाडीलाई एन्फाका केन्द्रीय सदस्य दीर्घबहादुर केसी (कुमार), केन्द्रीय सदस्य प्रदेशसिंह राठौर, पूर्वउपाध्यक्ष गोवद्र्धनसिंह सम्झना, एन्फा लुम्बिनीका उपाध्यक्ष सूर्यमणि अधिकारी, बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाही, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मोहित शाह, क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख महेश चन्द, ट्रक व्यवसायी समितिका अध्यक्ष किसन गुरुङलगायतले पुरस्कार वितरण गरेका थिए ।


नकआउट प्रतियोगितामा जिल्लाका पाँच वटा क्लवले भाग लिएका थिए । प्रतियोगिताको विजेता रोयलले अर्को वर्ष जिल्ला लिग खेल्नेछ । आगामी फाल्गुनमा हुन थालेको बाँके जिल्ला फुटबल संघको निर्वाचनमा रोयलले मताधिकार सुरक्षित गरेको छ । यसपालीको लिगमा बाँकेमा ११ वटा क्लवले भाग लिदैछन् ।


error: यो सुविधा उपलब्ध छैन !