बर्माद्वय प्रहरी फन्दामा

नेपालगञ्ज – बाँकेको जानकी गाउँपालिकाका दुई जना ब्राउनसुगरसहित नेपालगञ्जमा पक्राउ परेका छन् ।
लागु औषधी नियन्त्रण ब्यूरो र बाँके प्रहरीले नेपालगञ्ज–१० बाट पारसमणि बर्मा र ओमप्रकाश बर्मालाई २० ग्राम ब्राउनसुगरसहित पक्राउ गरेको हो ।
बर्माद्वयलाई शंका लागेर जाँच गर्दा ब्राउनसुगर बरामद भएको प्रहरीले बताएको छ । बाँके प्रहरीले उनीहरुबारेमा आवश्यक अनुसन्धान गरेर कारबाही प्रक्रिया अघि बढाएको जनाएको छ ।


error: यो सुविधा उपलब्ध छैन !